मुम्बई । बलिउड स्टार सलमान खानबारे उनका पिता सलीमले नयाँ खुलासा गरेका छन् ।
सलीमले सलमान खानका लागि फिल्म किन लेख्दैनन् भन्ने बोरमा भनेका छन् कि, ‘यदि कुनै फिल्म राम्रो भयो भने आफू दोषी मानिन्छु्, यदि यो राम्रो निस्कियो भने मानिसहरु छोराको मेहनतको सहाराना गर्नेछन् ।’
उनका अनुसार, टेलिभिजन च्यानल जी क्लासिक ‘माई लाइफ माई स्टोरी’ का क्रममा सलीमले ‘बजरंगी भाईजान’ स्टारका लागि किन नलेख्ने पनि भनेका छन् । यो शो फेब्रुअरीबाट सुरु हुनेछ ।
सलमानका बारेमा उनका पिताले भनेका छन्, ‘यो साँचो होइन कि म सलमानका लागि फिल्म लेख्दैछु । मैले उसका लागि ‘पत्थर के फूल’ लेखेको थिएँ, जुन धेरै राम्रो भएको थियो । अब आजसम्म लेखिरहेको छुँ, तर, मानिसहरु सँधै सोधिरहेका हुन्छन् कि ‘राम्रो छ भने यसमा सलमान किन छैन ।’
तर, म यो दुष्चक्रबाट बाहिर आउन चाहन्छु । उनले भने, ‘दोस्रो कुरा जब फिल्म असफल हुन्छ त मेरो गल्ती हुन्छ, हिट भएमा सलमानको प्रयास हो ।’
सलीमले जावेद अख्तरसंग मिलेर १९७० को दशकमा ‘दीवार’, ‘शोले’ र ‘डन’ जस्ता हिट फिल्म बनाएका थिए ।
















प्रतिक्रिया