१ कार्तिक २०८३, आइतबार

नेता पत्ता लगाउन युवतीको प्रयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो । केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको माघ १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

मधेसी मोर्चाको बैठक तमलोपाको पार्टी कार्यालयमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्र यादवको उपस्थिति थियो । १५ गते आएनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानुछ, बोल्ने पालो आयो’भन्दै १० मिनटमै हिँडे । मधेसका शीर्ष नेताहरूलाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ ।’

तर, ३ घण्टा बित्दासमेत उपेन्द्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरि स्थानीय निकायको प्रतिवेदन जलाउन, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यका साथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्ष नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनललाई खटाए । जितेन्द्र क्यामेराअगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ? महेन्द्रको चट्टनी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो ।

मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । राजेन्द्र श्रेष्ठलाई फोन गर्दा उपेन्द्रलाई पोन गरेर सोध्नुहोस् भन्दै टकटकिए । यो बीचमा उपेन्द्रकै पार्टीका नेता राम सहायलाई फोन पुग्यो, उनी बारा पुगेका रहेछन् । थाहा नभएको जवाफ फर्काए ।

बीचमा लालबाबु राउतसँग सोधनी भयो । आफू पर्सामा रहेको कारण देखाउँदै अनभिज्ञता प्रकट गरे । ड्राइभर रामानन्दलाई फोन पुग्यो, उनी रहेछन् बिदामा । पिएसओसँग सोधियो, अनभिज्ञता प्रकट गरे । करिब आधा घण्टासम्म शरतसिंह भण्डारी, जितेन्द्र सोनल, महेन्द्र राय, केशव झा, मनीष सुमन सबैले फोन घुमाए । यही बीचमा जितेन्द्र सोनलले रेखा यादवलाई फोन लगाए । तर, कहीँबाट तार लागेन ।

बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्र थरकी एउटी महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नु छ, तपाईसँगै हुनुहोला, एकपटक जसरी पनि भेटाइदिनुहोस, जरुरी छ’ भने । उताबाट जवाफ आयो ‘१० मिनेटपछि गर्नुहोस्, उनको मोबाइल अन हुन्छ ।’

नभन्दै दश मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले फोन गर्दा उपेन्द्रको मोबाइल अन थियो । फोन तत्कालै महन्थ ठाकुरको कानमा पुग्यो । उनले मोर्चाको निर्णयबारे सोध । के हतारमा थिए कुन्नि ? उपेन्द्रले ‘हुन्छ’ भन्ने जवाफ फर्काए । यही पछाडि बल्ल जितेन्द्रले मिडियामा गएर मोर्चाको निर्णय सुनाउन अनुमति पाए ।

त्यसपछाडि त के चाहियो र सबैले ‘एकक्षणमा के जादु चलायौं ?’ भन्दै सञ्जयलाई सोध, आफूले ठूलै लडाइँ जितेझै प्रफुल्लित देखएका उनी ‘छाड्नुहोस् यो सबै कुरा’ भन्दै पन्छिए ।