१ कार्तिक २०८३, आइतबार

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौंमा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्य खड्काले भने, ‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ, यदि गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजीनामा दिएर बाटो खोलिदिनुपर्छ, सहज रुपमा राजीनामा दिनुपर्छ ।’

खड्काले भने, ‘माघभित्रै निर्वाचनको मिति घोषणा गरिएमात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, यदि माघमा पनि निर्वाचनको मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन, त्यसैले यो सरकार वैशाखसम्म मात्रै हो, कांग्रेससँग सम्झौता भएको छ ।’

उनले प्रधानमन्त्रीले चुनाव गराउन नसक्ने हो भने समय व्यतित गरेर पदमा बस्नुको कुनै अर्थ नहुने जिकिर गरे ।