
दोलखा, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अहिले जनलहर बढेको छ ।
यसैक्रममा मंगलबार (आज) दोलखामा सत्तारुढ नेकपा माओवादी केन्द्रको पुरै कमिटी एमालेमा समाहित भएको छ । दोलखास्थित माओवादी केन्द्रको भिमेश्वर नगर कमिटी एमालेमा विलय भएको हो ।
श्रीकृष्ण बस्नेत नेतृत्वको नगर कमिटीलाई एमाले नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल र युवा संघ केन्द्रिय सचिव परशुराम बस्नेतले दोलखामा आयोजित एक कार्यक्रममार्फत पार्टीमा स्वागत गरे ।

त्यसक्रममा एमाले नेता पोखरेलले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने बताउँदै उनीहरुको सुन्दर राजनितिक भबिष्यको कामना गरे ।
‘अब देशैभरी माओवादी केन्द्र एमालेमा विलय हुन्छ’
कार्यक्रममा एमाले नेता पोखरेलले अब देशैभरी माओवादी केन्द्र एमालेमा विलय हुने दाबी गरे । ‘ढिलै भए नि पुरै माओवादी केन्द्र एमालेमा विलय हुन्छ,’ उनले भने- ‘अब देशभक्त नेपाली सबै एमाले हुनेछन् ।’

दुई चार नेता बाहेक अब माओबादी बिस्तारै एमालेमा विलय हुने र त्यसको सुरुवात दोलखामा माओवादी नगर कमिटी पुरै एमालेमा विलय हुनुले गरिसकेको पूर्वमन्त्री पोखरेलको भनाई छ ।















प्रतिक्रिया