काठमाडौं, १८ माघ । निर्वाचन र संविधान संशोधनलाई लिएर दलहरूको बीच घोँचपेच चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बोलाएका छन् ।
बालुवाटारमा दिउँसो बस्ने बैठकमा स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा छलफल केन्द्रित हुने स्रोतले जनाएको छ ।
कांग्रेस, एमालेसहितका दलहरूले निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका छन् । उनीहरूको दबाबबाट बच्न प्रधानमन्त्री दाहालले बिभिन्न बहाना बनाइरहेको आरोप लाग्न थालेको छ ।
उता, प्रमुख विपक्षी दल एमालेको अबरोधका कारण अपत्र परेको संविधान संशोधनको विधेयकलाई पारित गराउन मधेसी मोर्चाले दबाब दिइरहेको छ । मोर्चाले यस्तै अवस्था रहेमा फागुनबाट आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।
यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गर्न प्रधानमन्त्री दाहालले आफ्नो पार्टीको केन्द्रीय कार्यालयको बैठक बोलाएका हुन् ।











प्रतिक्रिया