१ कार्तिक २०८३, आइतबार

भारतको विरोध गरेर राष्ट्रवादी नबन्न एमालेलाई भारतीय नेताको चेतावनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले भारतको विरोध गरेर राष्ट्रवादको भ्रम नफैलाउन नेकपा एमालेलाई चेतावनी दिएका छन् ।

नयाँदिल्लीमा रहेका नेपाली विकासविद् एवम् युवा प्रवर्द्धक दीपेन्द्र कँडेलसँगको संक्षिप्त कुराकानीमा नेता जोलीले भारतले नेपाललाई कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गर्दै नेपालका विपक्षी दलले भारतको विरोध गरेर आफ्नो पार्टी बढी राष्ट्रवादी छ भनेर देखाउने र भ्रम छर्ने गरेको आरोप लगाए ।

‘मधेशी मोर्चाले उठान् गरेका मुद्दालाई भारतसँग जोडेर नेपालका कुनै पार्टीले हिँड्नु भनेको त्यो नेपाली जनतालाई आफ्नो पार्टी बढि राष्ट्रवादी छ भनेर देखाउने र भ्रम छर्नु बाहेक अरु केही होइन्,’ उनले भने- ‘मधेसवादी दलसँग हाम्रो कुनै सम्बन्ध छैन् ।’

मधेशी मोर्चालाई भारतको प्रत्यक्ष सहयोग छ भन्ने कुरा वाइयात हो भन्दै नेता जोलीले भने- ‘यो गलत र वाईयात कुरा हो, यो कसैले आफू राम्रो छु भनेर देखाउन लगाएको आरोप मात्रै हो, मधेशी जनता नेपालकै जनता हुन् नि, तिनीहरुको समस्याको समाधान कसरी गर्ने वा नगर्ने भन्ने कुरा नेपालकै नेताहरुको हातमा छ्, यसमा हामीले भन्नु केही पनि छैन् ।’

‘नेपालका नेताहरु नै हामीलाई अभिभावक मान्छन्, त हामी के गरौं ?’

नेता जोलीले नेपालका शीर्ष नेताहरुले नै भारत भ्रमणमा आउँदा नेपालको आन्तरिक समस्याहरु सुनाउने र समाधानको लागि अनुरोध गर्ने गरेको उल्लेख गर्दै भने, ‘नेपालका नेताहरु नै यहाँ आएर समस्याको बारेमा हामीसँग भन्नुहुन्छ, उहाँहरु हामीहरुलाई नै अभिभावक मान्नुहुन्छ, जुन कुरा कुटनीतिक परिपाटी भन्दा पनि बाहिरको कुरा हो, नेपाली नेताहरुको यस्तो खाले बानी व्यवहारले कहिलेकाहीँ भारतकोपनि नेपालको राजनीतिमा केही स्वार्थ छ कि जस्तो झल्किन्छ, तर यो नेपालका नेताहरुको गल्ती हो ।’