काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नयाँ नियम लागु गरेपछि सांसदहरुलाई आपत् आइलाग्यो ।
अरु दिन तीन मिनेट समय दिने सभामुखले आज एक मिनेटभित्रमा आफ्ना कुरा राख्न सांसदहरुलाई समय दिएपछि यो नियम पालना गर्न सांसदहरुलाई आपत् परेको हो ।
एक मिनेटभित्रमा आफ्ना कुरा अभिव्यक्ति प्रस्तुत गर्नुपर्ने नियम पालना गर्न नसक्दा शून्य समयमा बोल्ने अधिकांश सांसदलाई वाक्य पूरा गर्न हम्मेहम्मे परेको थियो ।
कसले के भने ?
एक मिनेटकै समयमा भएपनि सांसदहरुले मुलुकको समसामयिक राजनीतिक अवस्था र आ–आफ्ना जिल्लाका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण गराए ।
उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, वन संरक्षण, चोरी तस्करी नियन्त्रण, भूकम्पपीडितलाई गृह निर्माणको रकम तत्काल उपलब्ध गराउनुपर्ने, स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
शून्य समयमा सांसदहरू बलबहादुर महत, बलराम अधिकारी, बहादुरसिंह थापा, बुद्धिसागर चौधरी, भक्तबहादुर विश्वकर्मा, भरतबहादुर खड्का, यज्ञराज सुनुवार, रञ्जनाकुमारी सरदार र रञ्जना श्रेष्ठलगायत बोलेका थिए ।
















प्रतिक्रिया