
काठमाडौँ । चर्चित बैंकर तथा मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनिल केशरी शाह अब कलाकारका रुपमा दर्शकमाझ आउने भएका छन् ।
बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’मा शाह अनुबन्धित भएका हुन्। छिट्टै छायांकन हुन लागेको यो फिल्मको निर्देशन मिलन चाम्स र निर्माण निकेश लिम्बुले गर्न लागेका छन् ।
दृष्टिबिहीन श्रृष्टि केसीको बायोपिक बन्न लागेको फिल्ममा शाह महत्वपूर्ण भूमिकामा देखिने बताइएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका शाहले यसअघि नै एउटा फिल्ममा सहनिर्देशकका रुपमा काम गरिसकेका छन् । फोटोग्राफी उनको निकै रुचिको विषय हो ।
फिल्ममा नायिका बेनिशा हमालले सृष्टिको भूमिका निभाउँदैछन् । यसैगरी, नायिका गौरी मल्ल र नाजिर हुसेन समेत यो फिल्ममा छन् ।















प्रतिक्रिया