२ कार्तिक २०८३, सोमबार

मोड्लिङमा जम्दै सञ्चारकर्मी बुढा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, १७ माघ । पछिल्लो समय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मी मोडलिङ, नृत्य, गायन क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

सञ्चार क्षेत्रको विकाससँगै त्यसमा आबद्ध भएका सञ्चारकर्मीहरु रंगीन क्षेत्रमा पनि आर्षित हुन थालेका हुन् । यो क्रम सुदूरपश्चिममा पनि देखिन थालेको छ ।

यसैक्रममा धनगढीस्थित रेडियो सुदूर सन्देशमा कार्यरत निकेन्द्र बुढा पनि मोडलिङ क्षेत्रमा जम्न थालेका छन् ।

रेडियोमा काम गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गरेका बुढाले विभिन्न चारवटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनी अझै पाँच देउडा तथा लोक दोहोरी गीतमा अभिनय गर्ने क्रममा रहेका छन् ।

सानैदेखि पत्रकारिता क्षेत्रसंगै मोडलिङमा रुचि भएका बुढाले अब सोही    क्षेत्रमा आफ्नो करियर सुरु गरेका छन् । मेहनती र आत्मा विश्वास भएकै कारण सफलताको स्वाद चाख्न सकिने विश्वासका साथ उनी यस क्षेत्रमा लागेको बताउँछन् ।

मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउँदै मोडलिङ क्षेत्रमा आफू सफल विश्वास पनि उनले लिएका छन् । सानै उमेर देखि नृत्यमा रुचि राख्ने बुढा अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न कोशिसरत छन् ।

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर, करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् ।

तर, अछामको ऋषिदह स्थायी घर बुढा भने यस क्षेत्रबाटै आफूलाई स्थापित गराउने कसरतमा छन् । रेडियो सुदूर सन्देशमै कार्यरत सञ्चारकर्मी राजेन्द्र धनाडीले पनि थुपै्र लोकदोहोरी गीतमा स्वर दिनुका साथै अभिनय पनि गरेका छन् ।