२ कार्तिक २०८३, सोमबार

केटाहरूका लागि पुरुष सौन्दर्य प्रतियोगिता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मिष्टर वल्र्ड २०१७’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१७’ आयोजना तयारी गरेको छ ।

स्वदेशमा आयोजना हुँदै आएका पुरुषको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’को १५ औं संस्करणका लागि आवेदन खुल्ला समेत गरिएको हो ।

एक्सपोज नेपालले विज्ञप्तिमार्फत ‘मिस्टर नेपाल–२०१७’को आवेदन खुल्ला भएको जनाएको छ । युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगिता सहायकसिद्ध हुने विश्वास कार्यक्रम संयोजक अर्चना थापाले बताइन् ।

युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडि वढाउन प्रतियोगिताले सहयोग पुगाउने विश्वास आयोजकको छ ।

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका प्रतियोगिले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन पाउने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।

निर्णायक प्रतिस्पर्धाका लागि छनौट भएका प्रतिस्पर्धीहरुलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण दिइने छ ।

मिस्टर नेपालका विजेता मात्र मिस्टर वल्र्डमा देशको प्रतिनिधित्व गर्न पाउनेछ । साथै एक मोटबाइक, चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् ।

सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट धधध। mष्कतभच लभउब।िअयm बाट पनि भर्न सकिनेछ ।