काठमाडौं, ७ माघ । हिमाल लामा र सुमित पन्तले युथ कर्नर क्लब खुल्ला बुद्धीचाल प्रतियोगितामा अग्रता कायम गरेका छन् ।
चार चरणको समाप्तीमा यी दुवै खेलाडीको चार अंक नै छ । चौथो चरणमा हिमालले सुमन लामा तथा सुमित पन्तले सुसान्त गौतमलाई हराए । प्रतियोगितामा राजेन्द्र प्रसाद श्रेष्ठ,रिजेन्द्रराज भण्डारी,सुसील चौधरी, नबीन तण्डुकार, मिलन रोक्का र प्रकास सुबेदीको ३.५ अंक छ ।
चौथो चरणमा सुसीलले राजन पुरी, नबीनले सुदिप तामाङ्ग,मिलनले राजकुमार शाह तथा प्रकासले मणीराज डागीँलाई हराए । युथ कर्नर क्लबको आयोजनामा जारी प्रतियोगिता आइतबार सकिने आयोजक कमिटीका प्रमुख केदार मान स्थापीतले बताए ।
क्लबको ४१ औ बार्षिकोत्सबको उपलक्ष्यमा भएको प्रतियोगितामा ७० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता खेलाडीले १५ हजार, उपविजयीले सात हजार तथा तेश्रो हुनेले ५ हजार रुपैया पुरस्कार पाउने छन् ।















प्रतिक्रिया