१ कार्तिक २०८३, आइतबार

यौन सम्पर्कलाई लिएर चिन्तामा हुनुहुन्छ ? थाहा पाउनुहोस् यी चार कुरा…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । एक नयाँ अध्ययनले पत्ता लागाएको छ कि हरेक १० महिलामा एक महिला यौन सम्पर्कका बेला दुखाई अनुभव गर्छिन् । रोयल कलेज अफ अब्सटेट्रीशियन्स र गायनोकोलोजिस्ट्सका डाक्टर एडी मोरिस भन्छन्, ‘यो आफ्नो जीवनमा अहम सुधार गर्ने समय हो ।’

उनले बीबीसी न्यूजबीटसंग कुरा गर्दै भनेका छन्, ‘यो चिन्ता वा डराउनुको एक कारण हुन सक्छ ।’ १६ वर्षकी युवती जो पहलोपटक यौन सम्पर्कको अनुभव लिन गइरहेकी छन् र चिन्तामा छन् भने उनलाई यस्तो सल्लाह दिन जरुरी छः

१. कुराकानी गर्नुस्

यौनसम्पर्क पीडादायी बन्न सक्छ यदि दुई साथीलाई यौन सम्पर्कलाई लिएर अलग–अलग आशा गरिएको छ भने । इच्छा, अनिच्छा अलग–अलग भएपनि ।

विशेषज्ञ डाक्टर एडी मोरिस भन्छन्, ‘आफ्नो सहभागीसंग भावनात्मक रूपमा एक हुन जरुरी छ किनेभने सबै कुरा गर्न र भन्न सकियोस् । खुलापन, योन सम्पर्कका बारेमा कुराकानी, पूरा समय लिनु वा नजिकिनु मद्दतयोग्य हुन सक्छ ।

२. निरोधका बारेमा चर्चा

यौन संक्रामक रोग वा गर्भवतीबारे पहलोपटकको यौन सम्पर्कलाई लिएर तपाईलाई चिन्तित गर्न सक्छ । महिला मात्र नभई पुरुष पनि यस कुरालाई लिएर चिन्तामा पर्न सक्छ ।

यसबारेमा पनि एक आपसमा कुरा गर्नुपनि राम्रो मानिने डाक्टर एडीको सल्लाह छ ।

३. चिन्ताबाट बच्नु

यदि पीडादायक यौन सम्पर्क एक वा दुई पटक मात्रै हुन्छ भने यो चिन्ता लिनुपर्ने कुरा होइन ।

४. चिकित्सकको सल्लाह

यदि यौन सम्पर्कका क्रममा पीडा बढ्दै छ भने मेडिकल अर्थात चिकित्सकको परामर्श लिनु जरुरी छ । किनभने तपाईलाई ढुक्क हुन मद्दत गर्छ । कतै दुखाईका कारण अरु केही नहोस् ।