२ कार्तिक २०८३, सोमबार

शाहरुख खान भन्छन्- आगामी सुपरस्टार छोरा अबराम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड बादशाह शाहरुख खानले आउने पिढीको सुपरस्टार आफ्नो छोरो अबराम खान हुने बताएका छन् ।

भर्खरै रिलिज भएको आफ्नो फिल्म ‘रईस’ले बक्स अफिसमा राम्रो व्यापार गरेपछि बीबीसीसंग कुरा गर्दै शाहरुखले छोरा अबराम आफूजस्तै स्टार बन्ने बताए ।

बलिउडमा खानपछि ‘सुपरस्टार’ को चलन अन्त्य हुनेछ त भनेको प्रश्नमा उनले भनेका थिए– ‘छोरा अबराम छ नि आउने पिढीको सुपरस्टार ।’

तीन वर्षका छोरा अबराम पिता शाहरुखसंगै साक्षात्कारमा थिए । आफ्नो आसपासको माहोलका बारेमा अनजान अबराम साक्षात्कारको बीचमा आफ्नो हातले पिता शाहरुख खानको ध्यान तानिरहेका थिए ।

फिल्म ‘रईस’ का बारेमा बोल्दै शाहरुखले अबरामले पनि फिल्मलाई निकै राम्रो मानेको बताए ।