मुम्बई । बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल चर्चित अभिनेत्री दीपिका पादुकोण पछिल्लो केही समयदेखि नायक रणबीर सिंहसंग डेट गरिरहेकी छन् । यो जोडीको चर्चा बलिउडमा मात्रै नभई आम जनतामा पनि भइरहेको छ ।
तर, विहेको बारेमा कुरा गरिन्छ तब दुवै आनाकानी गर्ने गर्छन् । भर्खरै दीपिकाले रणवीरलाई उनको विहेको बारेमा खुलेर मिडियालाई बताएकी छन् ।
एक अन्तरवार्तामा दीपिकाले भनेकी छन्– ‘विहेसंग मानिसको उमेरको कुनै लिनुदिनु छैन । विहे दुई मानिसको दिल र दिमागको मिलन हो, जसमा दुई परिवार, उनीहरुसंग जोडिएका मानिस र अवस्था सम्बन्धित हुने गर्छ ।’
दीपिकाले स्पष्ट रुपमा उमेरको बारेमा आफूलाई कतिपनि विश्वास नभएको बताउछिन् । ‘मानिस ४० वर्षको उमेरमा विहे गर्छन् त केही मानिस २१–२२ वर्षको उमेरमा पनि विहे गर्छन् । यो आ–आफ्नो सोच हो,’ उनले भनिन् ।
उनले अहिले आफू विहे गर्न तयार नभएको बताइन् । उनी अहिले आफ्नो पुरै ध्यान फिल्म करियरमै दिन चाहन्छिन् । उनलाई प्रेमी रणबीरले पनि आफ्नो फैसलामा साथ दिने विश्वास छ ।
केही दिन पहिले फिल्म ‘बेफिक्रे’ को सुटिङ्गको क्रममा रणबीर आफ्नी नायिका वाणी कपूरसंग धेरै समय बिताइरहेका थिए । यो कुरालाई दीपिकाले खासै रुचाएकी थिइनन् । दीपिका फिल्म ‘एक्सएक्सएक्स’ को सुटिङ्गमा व्यस्त रहँदा रणवीर पनि रिसाएका थिए ।
यो जोडी अलग–अलग भएको समाचार पनि सार्वजनिक भएको थियो । तर, अहिले दुवै जना फिल्म पद्मावतीको सुटिङ्गमा व्यस्त छन् । एक अर्कालाई समय पनि दिइरहेका छन् ।

















प्रतिक्रिया