२ कार्तिक २०८३, सोमबार

हरिण शिकार मुद्दाः अदालतमा के बयान दिए सलमानले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । कालो हिरणको शिकार मुद्दामा फसेका बलिउड सुपरस्टार सलमान खान शुक्रबार जोधपुर कोर्टमा उपस्थित भएका छन् । उनले आफू उक्त घटनामा संलग्न नरहेको र मुद्दामा निर्दोष रहेको वयान दिएका छन् ।

सलमानसंगै सोही मुद्दामा फसेका सैफ अली खान, सोनाली बेन्द्रे र तब्बू पनि कोर्टमा उपस्थित भए । चारै कलाकार आज कोर्टमा आफ्नो बयान दिइरहेका छन् ।

१९९८ मा फिल्म ‘हम साथ साथ हैं’ को शूटिङ्गका क्रममा सलमान खान लगायतका कलाकारलाई कालो हिरण र चिकाराको शिकार गरेको आरोप लागेको थियो । सलमानलाई अवैध हतियार राखेको आरोपमा पनि मुद्दा दर्ता गरिएको थियो ।

जसका कारण उनलाई परीक्षण अदालतबाट सजाय पनि सुनाइएको थियो । तर, पछि हाईकोर्टले सलमानको चिकारा र अवैध हतियार राखेको मुद्दा खारेज गरेको थियो ।

तर, हाल उनका विरुद्ध कालो हिरण शिकार गरेको मुद्दा जोधपुर कोर्टमा जारी छ । यसै मुद्दाको बयान दिन सलमान विहीबार जोधपुर पुगिसकेका थिए । उनीसंगै सैफ अली खान, तब्बू र सोनाली बेन्द्रे पनि आफ्नो बयान दिन गएका थिए ।