१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग किन डरायो एमाले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत शनिबारको प्रमुख तीन दल बैठकमा एक साताभित्र निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले पनि समर्थन जनाउँदै त्यो बीचमा निर्वाचन कानुनहरू पारित गर्न सहयोग गर्ने वचन दिएको थियो । तर साता बित्न लाग्दा पनि चुनाव मिति घोषणा नभएपछि प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्रीप्रति झन् सशंकित बनेको छ ।

मधेसी मोर्चा सहमत भई चुनाव हुने सर्तमा प्रधानमन्त्री दाहाललाई सहयोग गर्ने धारणा एमाले नेताहरूले राखेका थिए । तर समय त्यत्तिकै बित्न लाग्दा विपक्षी दल थप सशंकित बन्न थालेको समाचार अाजको कान्तिपुरमा छ ।

‘निर्वाचनसँग सम्बन्धित कानुनहरू पारित गर्ने, निर्वाचन घोषणा गर्ने प्रतिबद्धता उहाँले हामीसँगको बैठकमा गर्नुभएको थियो,’ बालुवाटार बैठकमा संलग्न रहेका एमाले उपाध्यक्ष भीम रावलले भने, ‘तर एक सातामै उहाँको जिब्रो लटपटिन थालेको छ, चुनाव घोषणा नगर्ने जस्तो अभिव्यक्ति आउन थालेको छ ।’