मुम्बई । बलिउडमा आजभोलि बिकिनी र स्विमसुट लगाउनु सामन्य भइसक्यो। तर, १९६० देखि ८० को दशकमा धेरै कम अभिनेत्री बिकिनी लगाएर क्यामरासामु आउन तयार हुन्थे।
६० को दशकमा अभिनेत्री शर्मिला टैगोर पहिलो पटक बिकिनी लगाएर दर्शक सामु आइन्। उनको यो अवतार दर्शकलाई खासै मन परेन। उनी विवादमा फसिन्।
सन् १०६६ मा फिल्मफेयर म्यागजिनको आवरण पृष्ठमा शर्मिला बिकिनीमा देखिइन्। भारतीय दर्शकले पहिलो पटक कुनै अभिनेत्रीलाई बिनिकीमा पोज दिएको देखेका थिए। विवाद यति बढ्यो कि संसदमा समेत यो मुद्दा उठाइयो।
बिकिनीमा फोटोसुट गराउने शर्मिला त्यतिखेरकी पहिलो अभिनेत्री हुन्। यति मात्र नभइ फिल्मफेयर म्यागजिनका लागि बिकिनीमा पोज दिने उनी पहिलो भारतीय अभिनेत्री पनि हु्न। – शुक्रबार
















प्रतिक्रिया