२९ आश्विन २०८३, बिहिबार

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Bank-Support

काठमाडौं, ३० भदौ । मेगा बैंक नेपाल लिमिटेडका कर्मचारीहरुले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन्।

मेगा बैंकका कर्मचारीहरुले एक दिनको तलब बाढीपहिरो पीडितलाई दिएका हुन् । मेगा बैंकका प्रत्येक कर्मचारीको एक दिनको तलबबाट संकलित २ लाख ८ हजार ७० रुपैंयाको चेक मेगा बैंकको चौतारा शाखाका प्रमुख धरणीधर सापकोटाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत, यस प्राकृतिक विपतको घडीमा नेपाली दाजुभाईहरुको लागि यो सहयोग गरिएको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताउनुभयो । पीडित परिवारहरुको मर्मलाई ध्यानमा राख्दै बैंकका कर्मचारीहरुले एक दिनको तलब हस्तान्तरण गरेकामा गौरन्वान्वित भएको उहाँले बताउनुभयो ।

मेगा बैंकले यसअघि पनि कञ्पनपुरको भुजेलामा पहिरोबाट क्षतिग्रस्त विद्यालय बनाउन एक लाख रुपैंया सहयोग गरेको थियो ।