काठमाडौं । पप गायक तथा र्यापर यम बुद्ध ‘अनिल अधिकारी’ को शव शनिबार काठमाडौं आइपुग्ने भएको छ ।
परिवारिक स्रोतका अनुसार शवलाई शनिबारै ४ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने कार्यक्रम तय भएको छ । र, सोही दिन पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने छ ।
श्रीमतीसहित लण्डनमा बस्दै २९ वर्षीय यम बुद्धले माघ १ गते साउथ ह्यारोस्थित आफ्नै घरमा आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन् ।
















प्रतिक्रिया