१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेससँग खटपट भएकै हो ? प्रधानमन्त्रीले सत्ता त्याग्ने कुरा किन गरे ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा व्यक्त गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री दाहाललाई उदृत गर्दै मोर्चाका एक शीर्ष नेताले अन्नपूर्णसँग भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन् ।’

कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप दाहालले लगाएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन । निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ । गठबन्धनसँग भएको सहमति अनुसार सत्ता त्याग्छु । कुर्ची मोहमा राजनीति गर्दिन । म कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्न् ।’

‘२०१७ किन भनेको रु यो कृतिम भूत हो कि साँचो हो रु ’, मोर्चाका नेताहरूले राखेको जिज्ञासामा घुमाउरो भाषामा दाहालले भनेका थिए, माओवादी केन्द्रका लागि राजा, मोहन वैद्य, नेत्रविक्रम चन्द र मोर्चाका लागि सिके राउतलगायत मधेसका शक्ति छन् ।’

‘कांग्रेस र एमालेका लागि गम्भीर दुर्घटनाबाट कुनै संकट आइपर्दैन । तर २०६२(६३ का परिवर्तनकारी शक्तिका लागि आउने दिनहरू अझै चूनौतिपूर्ण छन्’ दाहालको विश्लेषण छ ।

मुलुकलाई राजनीतिक दुर्घटनामा पुर्‍याउन संशोधन कि निर्वाचन भन्दै दलबीच देखिएको ध्रुवीकरण राजनीतिक चालवाजी मात्रै रहेकोमा दाहालले जोड दिएका थिए ।