१३ कार्तिक २०८३, शुक्रबार

पशुको बोसो साबुनदेखि कस्मेटिक सामानमा प्रयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ ।

साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ ।

तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा बोसोको आयात ४ गुणाभन्दा बढीले वृद्धि भएको छ भने ४ वर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ ।

२०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो ।