२ कार्तिक २०८३, सोमबार

मल्टिस्टार फिल्म ‘अचानक’ चौथो पटक रिलिज हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरोज शर्माद्वारा निर्मित फिल्म ‘अचानक’ले चौथो पटक रिलिजको मौका पाएको छ । यही शुक्रबारबाट राजधानीसहित बाहिरका फिल्महरूमा रिलिज हुन थालेको ‘अचानक’ले राम्रो दर्शक पाउने निर्माता शर्माले बताए ।

शुक्रबारदेखि पुनः रिलिज हुँदै गरेको मल्टिस्टार फिल्म ‘अचानक’मा निखिल उप्रेती, दिलिप रायमाझी, धिरेन शाक्य, सुनिल थापा, सुनिलदत्त पाण्डे, गौरी मल्ल, सृजना बस्नेत, आनन्द थापा, सुवास गजुरेललगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन र कथा देशभक्त खनालको हो ।

फिल्मको सम्पादन तारा थापा ‘किम्वे’ले गरेका हुन् । नृत्य गोविन्द राईको रहेको छ । छायाँकन स्वर्गीय दीपक ढकालको हो ।

‘अचानक’मा जेसिका खड्काले पनि अभिनय गरेकी छिन् । जेसिका खड्काले केही समस्याका कारण आत्महत्या गरेकी थिइन् ।

उनको आत्महत्या प्रकरणले नेपाली फिल्म क्षेत्रलाई ठूलो नोक्सानी भएको जानकारहरू बताउँछन् । फिल्ममा द्वन्द्व निर्देशन एन.वि. महर्जनले गरेको निर्माता सरोज शर्माले बताए ।