२ कार्तिक २०८३, सोमबार

नायिका पारुल जंगली कुकुरको टोकाईबाट गम्भीर घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । साउथ इन्डियन नायिका पारुल यादव जंगली कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् ।

आफ्नो कुकुरलाई घुमाउन गइरहेको बला उनलाई मुम्बईस्थित उनकै अपार्टमेन्ट बाहिर केही जंगली कुकुरले टोकेको थियो ।

आफ्नो कुकुरमाथि जाइ लागेका कुकुरहरुलाई भगाउने क्रममा कुकुरहरुको समूहले नायिका यादवलाई टोकेको थियो । घाइते यादवको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ ।

कुकुरले उनको मुहार, हात, घाँटी, खुट्टा र तिघ्रामा टोकेको छ । बुधबार उनको सर्जरी गरिएको अस्पतालले जनाएको छ ।

नायिका यादवले २०१२ मा कन्नड फिल्मबाट फिल्मी क्षेत्रमा डेब्यू गरेकी थिइन् । उनी पछिल्लो पटक ‘किलिङ वीरप्पन’ मा देखा परेकी थिइन् ।