१ कार्तिक २०८३, आइतबार

रियललाई गम्भीर धक्का लाग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १२ माघ । चेल्सी क्लब छोड्न थिबाउट कोर्टोइसले अस्विकार गरेपछि रियल म्याड्रिडको उनलाई अनुबन्ध गर्ने अभियानमा गम्भीर धक्का लागेको छ ।

तीन सिजन म्याड्रिडको प्रतिद्वन्द्वी क्लब एट्लेटिकोबाट खेलेका कोर्टोइस हाल चेल्सीमा आवद्ध छन् । उनलाई क्लबमा भित्र्याउन रियलले सबै प्रक्रिया पूरा गरिसकेको थियो ।

अन्तिम अवस्थामा आएर कोर्टोइसले चेल्सीको प्रिमियर लिग जितको अभियानमा आफूसँगै रहने जनाउ दिएका थिए । यसपछि रियलको उनलाई क्लबमा भित्र्याउने सपना चकनाचुर भएको हो ।

चेल्सी हाल प्रिमियर लिगको शीर्षस्थानमा छ । २४ वर्षीय बेल्जियम खेलाडीले चेल्सी आगमनपछि आफ्नो खेलमा थुप्रै सुधार आएको बताए ।

सन् २०१४ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगाको उपाधि जित्दा उनी क्लबमा थिए । – एजेन्सी