१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसमा कोट्याइएका नयाँ कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । अब शेरबहादुर देउवा प्रधानमन्त्री होलान् भन्ने आश कांग्रेसले नै मार्न थालिसके । पछिल्लो समय भारतीय चासो बढेसँगै नेपाल मामिलामा चीन आक्रामक भएर आएको छ ।

उसले आफ्नो प्रतिकूलतामा भएका सबै गतविधिलाई नियाल्दै अविश्वासिला भए पनि पुष्पकमल दाहाललाई खबरदारी गर्न थालिसकेको छ । र, शेरबहादुर देउवालाई रोक्नुपर्छ भन्नेमा अब प्रचण्ड नै लाग्ने अवस्था छ । कांग्रेस नेता भन्छन्, ‘शेरबहादुरजी चाहिनेभन्दा बढी भारतपरस्त बने ।’

प्रधानमन्त्रीले यो साता संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारे गरेको औपचारिक र अनौपचारिक छलफलमा कांग्रेसलाई उति महत्व नदिएबाट पनि बुझ्न सकिन्छ, कांग्रेसका निम्ति माओवादीसँगको अबको सहयात्रा सहज छैन ।

देउवालाई संशोधन टेबुल मात्रै भए पुग्ने तर प्रचण्डलाई संशोधन अगाडि बढ्दा आफ्नो पार्टीभित्रै धार्नी मिलाउन हम्मे पर्ने कारण आलटाल भएको देखिन्छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।