१३ कार्तिक २०८३, शुक्रबार

‘तयार’ भन्दै टार्ने नियत नै तगारो, एमालेलाई देखाएर प्रचण्डले सत्ता लम्ब्याउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको नौ महिने करार सकिनै लाग्दा राजनीतिक माहिर खेलाडी प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा थप केही महिना बस्ने लालसा देखाएको छ ।

संसदमा अलपत्र परेको संविधान संशोधनको प्रस्ताव पास गराउन लागिपर्नु, मधेसी नेतालाई मंगलबार भेट्न बोलाएर सञ्चिलो बन्न खोज्नु र भित्रभित्रै एमालेसँग नयाँ समीकरणका लागि बार्नेनिङ गरेर सत्ता साझेदार नेपाली कांग्रेसलाई तर्साउनुको अर्को उदेश्य हुनै सक्दैन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि एउटा टुंगोमा पुगाएर आफ्नो पालो दाबी गर्ने देउवाको मुखमा बुझो लगाउन अनेकौँ कुरा गर्दै प्रचण्ड हिँडेको स्वयं माओवादीकै नेताले स्वीकार्छन् ।

आफूहरूसँग पनि सरकारले कुरा गरोस् र सहकार्य सुरु गरोस भन्ने राप्रपाको इच्छालाई सुनेको नसुनेझै गर्दै प्रचण्ड हिँड्नुलाई राजनीतिक विश्लेषकले अर्थपूण तरिकाले हेर्ने गरेका छन् ।

विजय गच्छदार र रा्रपा सरकारमा आउन आतुर देखिँदा ‘देउवा मान्दैनन् म त सकारात्मक नै थिएँ’ भन्ने जवाफ दिने तर सरकारमा नयाँ दल भित्र्याउने र प्रधानमन्त्रीको कुर्सीमा पनि मान्छे फेर्ने काम एकै पटक गरौँ भन्ने देउवाको प्रस्तावमा भने ‘होइन त्यसो गर्न मिल्दैन, मोर्चा रिसाउँछ दक्षिण बिच्किन्छ ।’ भन्ने गर्दै प्रचण्डले सबैलाई गुराहमा राखेको गुनासो राप्रपा नेताको छ ।

चुनावका लागि आफू सधैँ तयार रहेको देखाउने तर जसरी भए पनि चुनाव टार्ने दोहोरो खेलमा अहिले सरकार छ ।

देशभर आफ्नो सांगठनिक अवस्था अत्यन्तै कमजोर रहेको, राष्ट्रघाती भन्दै विपक्षी दलले लगाएको आरोप खण्डनसमेत गर्न नसकिरहेको अवस्थामा चुनावमा जानु तेस्रो स्थानका लागि राप्रपालाई ठाउँ खाली गरिदिनु हो भन्ने माओवादीले राम्रोसँग बुझेको छ ।

पहाडमा एमालेको पकड बढ्दै जानु, मधेसीलाई ‘मुसो खेलाई’ गर्दा मधेसमा समेत आफ्नो धरातल झन् कमजोर बन्नुले प्रचण्डलाई निक्कै अत्याएको छ ।