एजेन्सी । ग्लोबल सुपरस्टार जैकी चैनले आफ्नो फिल्म ‘कुंम्फू योगा’ भारतमा रिलिज गरेका छन् ।
आफ्नो एक दिवसीय भारत यात्राका क्रममा उनले मुम्बई पुग्ने वित्तिकै सबैभन्दा अगाडि अभिनेता सोनू सूदलाई भेटेर फिल्मको पुरै टीमलाई दिएर ‘कपिल शर्मा शो’मा गए ।
त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको फिल्म ‘ट्यूब लाइट’ को सेटमा गएर सलमानलाई भेटे । सो क्रममा उनले सम्झनाका लागि एक तस्वीर पनि खिचेका थिए ।
सलमानलाई भेटिसकेपछि उनले आफ्नो फिल्मका लागि आयोजित पत्रकार सम्मेलनमा गए । सो क्रममा जैकी चैनले आफ्नो फिल्म र बलिउडसंग सम्बन्धित विभिन्न सवालको जवाफ दिएका थिए ।
उनले बलिउडको रोमान्टिक फिल्ममा काम गर्ने इच्छा रहेको बताए ।बलिउडका निर्माता र निर्देशकले आफूलाई डान्स र गीत भएको रोमान्टिक फिल्ममा सहभागी गराउन भन्ने इच्छा व्यक्त गरे ।
दुनियाभर आफ्नो मार्शल आर्ट र एक्सन फिल्मका लागि चर्चित मानिएका जैकलाई मुम्बईका वडापाउ र पञ्जाबी बटर चिकन सारै मन पर्यो । जैकी चैनसंग फिल्ममा काम गरिरहेकी अमायरा दस्तूरले जैकी चैनलाई फाहोर कतिपनि मन नपर्ने बताइन् ।
उनलाई पर्यावरणलाई असर पर्ने कुराहरु पनि मन नपर्ने अमायराले बताए । उनले भारतमा फिल्म क्षेत्रका थुप्रै व्यक्तिलाई साथी बनाइसकेका छन् ।
जैकी चैनलाई बलिउड अभिनेत्री शिल्पा सेठीले पनि भेटेकी छन् । उनले खुशी हुँदै पटक–पटक जैकीको खुट्टा छोएकी थिइन् ।
















प्रतिक्रिया