काठमाडौं, ३० भदौँ । नेकपा एमालेको पदाधिकारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय पदाधिकारीहरुले र्याखर्याख्ती पारेका छन् ।
दैनिक नेपाललाई प्राप्त जानकारी अनुसार, एमाले पदाधिकारीको बैठकमा शीर्ष नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल र सचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई र्याखर्याख्ती पारेका हुन् । ती नेताहरुको भनाइ जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।
माधव नेपाल
१. नवौं महाधिवेशन पछाडि पार्टी कसरी चलेको छ, कसले चलाईरहेको छ, कुन संयन्त्रले निर्णय गरेको छ, महत्वपूर्ण एवम् दुरगामी महत्व राख्ने निर्णयहरु भएका छन् कसको निर्णयको आधारमा भए ?
२. हाम्रो पार्टी व्यक्तिगत लहडमा चल्छ की सामुहिक निर्णय प्रणालीका आधारमा चल्छ ?
३. यो पार्टी कसैको व्यक्तिगत पेवा होइन लाखौलाख कार्यकर्ता र जनताको रगत र पसिनाबाट निर्मित पार्टी हो ।
४. अहिलेसम्म विना सल्लाह गरिएका निर्णयहरु सुकुुम्बासी आयोग गठन, ८ जना सभासद्को सिफारिश, समितिका सभापतिको चयन र मन्त्रीहरु फिर्ता बोलाएको र नयाँ पठाएको बारेमा गम्भीर छलफल र समीक्षा गरेर मात्र बैठक अगाडि बढाऔँ ।
भीम रावल
१.पार्टी संस्थागत निर्णयको आधारमा चल्नुपर्छ ।
२.अहिलेसम्मका सबै निर्णयको समीक्षा गरेर मात्र अघि बढौं ।
योगेश भट्टराई
१. हामी निर्णय सुन्ने तहमा छौँ की निर्णय गर्ने तहमा छौँ ?
२. मन लाग्दा पदाधिकारी बैठक भन्दै बोलाएर राय लिए जस्तो गर्ने, मन नलाग्दा पदाधिकारी बैठक नै नबोलाउने र पदाधिकारी कुनै संरचना होइन भन्दै भाषण गर्ने अनि निर्णयमा मनपरी गर्ने ?
३. अहिलेसम्मका सबै निर्णयको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढन सक्दैन ।
४. एउटै प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरुलाई निर्णयमा सहभागि नबनाएको कारण माइन्यूटमा हस्ताक्षर गर्दिन ।
५. गुटगत आधारमा चल्ने हो भने औपचारिक घोषणा गर्नुस् त्यही अनुसार कार्यकर्ताको बीचमा जान्छौँ ।
६. अहिलेसम्मका निर्णयहरुको बारेमा गंभीर समीक्षा विना बैठक अगाडि बढ्न सक्दैन ।
त्यसपछि अध्यक्ष के.पी. ओलीद्वारा बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित ।
















प्रतिक्रिया