एजेन्सी । करीब १८ घन्टाको रेल यात्रा गरेर मंगलबार ‘रईस खान’ अर्थात शाहरुख खान दिल्ली पुगे ।
यात्राकै क्रममा जब उनी चढेको रेल सोमबार साँझ करिब सवा ११ बजे नजिमुद्दीन रेलवे स्टेशनमा पुग्यो तब उनका फ्यानहरुको भींड लाग्यो । मानिसहरु विहानैदेखि शाहरुखको पर्खाइमा रहेका थिए ।
शाहरुखलाई हेर्न र क्यामरामा कैद गर्नकै लागि तछाडमछाड भएको थियो । जहाँ शाहरुखका फ्यानहरुको भींडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि तैनाथ गरिएको थियो ।
सो ठाउँमा पुगेपछि शाहरुखले अभिवादन गरेका थिए । त्यसपछि जब ट्रेन वडोदरा पुग्यो जहाँ उनका फ्यानहरुबीच भएको भागदौडमा एक व्यक्तिको मृत्यु नै भयो । यस घटनाबारे शाहरुखले सो घटना निकै दुर्भाग्यपूर्ण भएको बताए ।
उनी दिल्ली पुग्दासम्म स्टेशनमा खुट्टा राख्ने ठाउँसम्म थिएन । जहाँ मानिसहरु पैदल हिडेरै टाढाटाढाबाट शाहरुखलाई हेर्न आएका थिए ।















प्रतिक्रिया