काठमाडौं । पूर्वको रमणीय स्थानहरुमा छायांकन गरिएको चलचित्र ‘रेस’को यतिखेर धमाधम सम्पादन कार्य भैरहेको छ । निर्देशक किशोर सुब्बा निर्देशित फिल्म ‘रेस’को आइतबारबाट सम्पदन्न सुरु भएको हो ।
चलचित्रलाई मन्लि श्रेष्ठले सम्पादन गरिरहेका छन् । कोरियोग्राफर गोबिन्द राईले गीतको फाईनल कटिंग गरेको निर्माण पक्षले जनाएको छ ।
स्टारकाष्टदेखि डेब्युसम्मको अभिनय रहेको यस चलचित्रमा नायिका पुष्पा लिम्बुको एक्सन छ । निता ढुंगानाको लव रोमान्स पनि फिल्ममा देख्न सकिन्छ ।
आगामी वैशाख महिनाबाट प्रदर्शनमा आउने यस चलचित्रको अबको केही दिनमा नै एउटा गीत र टिजर सार्वजानिक गर्ने निर्देशक सुब्बाले जनाए ।
आफ्नो गाउँ–ठाउँबाट संघर्ष गर्दै आफ्नो करिएर पूरा गर्न काठमाडौं छिरेका चार पात्रको कथामा बनेको फिल्ममा नायिका पुष्पा लिम्बुको अलावा राजेश हमाल, नायिका निता ढुंगाना, किरण केसी, सुलेमान शंकर, रबिन्द्र खडका र एजेस सैजु, विशाल रेग्मीलगायतको अभिनय रहेको छ ।
माता पाथिभरा फिल्म्सको ब्यानरमा प्रस्तुत ‘रेस’ फिल्ममा किशोर शुब्बाको कथा र मौनता श्रेष्ठको पट कथा तथा सम्बाद रहेको छ । कुमार बखतीको सिनेमाटोग्राफी र गोबिन्द राईको कोरियोफ्राफी रहेको छ ।















प्रतिक्रिया