मुम्बई । बलिउडका चर्चित निर्देशक–निर्माता करण जौहरको बायोग्राफी ‘द अनस्वीटेबल ब्वाय’ भर्खरै लन्च भएको छ । पूनम सक्सेनाले लेखेको यस किताबमा करणको जिन्दगीका केही पाटाहरुलाई खुलाइएको छ ।
जुन कुराले अचम्म पार्न सक्छ । किताबमा करणले आफ्नो जिन्दगीको केही गोप्य फोटोहरु पनि छपाएका छन् । करणको जिन्दगीका यीं फाटोहरु सानोदेखि ठूलो हुदासम्मका छन् ।
तींमध्ये उनले आफ्नो मिल्ने साथी शाहरुखकी पत्नीसंग स्विमिङ्ग पुलमा मस्ती गरिरहेको फोटो पनि छ । यो तस्बीरमा स्पष्ट देखिन्छकी करण शाहरुखकी पत्नी गौरी खानसंग स्विमिङ्ग पूलमा मस्ती गरिरहेको छ ।
साथमा सानो आर्यन पनि छन् जसलाई करणले काखमा राखेका छन् । यो तस्बीर १९९८ को सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ को शुटिङ्गको बेलाको हो जसलाई करणले नै निर्देशन गरेका थिए ।
करणले किताबमा आफ्नो केही फिल्मको शुटिङ्गका बेला खिचेका तस्बीरलाई छपाएका छन् । यो तस्बीर तिब्र गतिमा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।















प्रतिक्रिया