काठमाडौं, ९ माघ । नेपाः राष्ट्रिय पार्टीका एकमात्र सांसद लक्षण राजवंशीले पार्टीले कारबाही गर्नुभन्दा अगावै सुटुक्क आफ्नो अलग्गै पार्टी दर्ता गराएको रहस्योद्घाटन भएको छ ।
पार्टीको नीतिविरुद्ध संविधान संसोधन बिधेयकविरुद्धको एमालेको गठबन्धनमा सहभागी भएको भन्दै गत बुधबार सो पार्टीले निष्कासन गरेपछि सांसद राजवंशीले नयाँ दल दर्ता गरेको सार्वजनिक गरेका हुन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
‘पार्टीको केन्द्रीय कमिटीले निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा बुझाएपछि सभासद्को पद के हुने भन्ने विषयमा छलफल चलिरहेको थियो । यसक्रममा सभासद् राजवंशी स्वयंले अलग्गै पार्टी दर्ता गराएको थाहा पाएँ’, नेपाः राष्ट्रिय पार्टीका महासचिव विजय सैंजुले भने ।
राजवंशीले पुस ४ गते निर्वाचन आयोगमा दर्ता गराएको दलको नाम बौद्धिक जनतान्त्रिक परिषद् प्रस्ताव गरिएको छ ।












प्रतिक्रिया