१३ कार्तिक २०८३, शुक्रबार

ओली र दाहालको एक दिनको संवेदनशील कुरा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । ओली सरकार रहँदा रहँदै कृष्णबहादुर महरा र शेरबहादुर देउवा दिल्ली गएको प्रसंग हो यो । त्यही बेला प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डलाई भने– ‘तपाई यता मलाई ठिक्क पार्ने, उता गोयरुपमा ‘र’का मान्छे भेट्ने आफ्नो प्रतिनिधि दिल्ली पठाउने ?’

प्रचण्ड चाहीँ– ‘हैन, हैन मैले पठाएको होइन’ यसरी टकटकिएर हामी दीर्घकालीन सहमतिमा जाने हो । लौ, मलाई समय पाउँ भन्दै पन्छिए ।

सोहीबमोजिम दुई जनाबीच गोकर्णमा ५ घण्टासम्म गोप्यवार्ता चल्यो । ‘भविष्यको प्यान’ बनाउने नाममा प्रचण्ड १ बजे नै पुगेर कुरी बसे । ओलीचाहिँ त्ता गठबन्धनको बैठक सकेर १ बजे बल्ल निर्धारित स्थानमा पुगेको स्रोतको दाबी छ ।

त्यही भेटघाट चल्दाचल्दै बाहिर महराले प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालर्ला छेउमा तानेर भनेछन्– ‘अलिकति गलत रिपोर्टिङ भएजस्तो लाग्यो ।’

रिमालको जवाफ थियो, ‘तपाई गृहमन्त्री र उपप्रधानमन्त्री समेत भैसकेको मान्छे । राज्य कसरी चल्छ, सूचना कसरी पाइन्छ । थाहै होला नि !’

महराले स्पष्टीकरण दिए, ‘जुन बेला हाम्रो सिएमलाई पिएमले त्यसो भन्नु भो त्यसबेला ‘र’ चिफसँग मेरो अपोइन्टमेन्ट मिली सकेको थिएन ।