काठमाडौं, ८ माघ । आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ ।
जसमध्ये खर्च खर्च भयो– ४ करोेड ९९ लाख, बच्यो दुई करोड ५५ लाख । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
पार्टी सदस्यताबाट उठ्ने लेभी र चन्दा सहयोग (व्यक्तिगत २८ लाख ७५ हजार र संथागत ५५ लाख) रहेको छ ।
प्रकाशनबाट ४१ लाख ६० हजार नगद संकलन गरेको सो पार्टीले भूकम्पबाट क्षतिग्रस्त बल्खु मुख्यालयको थोत्रा फर्निचर बेचेर १९ लाख ६५ हजार आम्दानी गरेको रहेछ ।
प्रशिक्षणमा एमालेले यसबीच ३० लाख८७ हजार खर्च गरेको थियो भने अतिथि सत्कारमा २ लाख ।












प्रतिक्रिया