१३ कार्तिक २०८३, शुक्रबार

महन्थ ठाकुरलाई सम्धी र सम्धिनीप्रति एकाएक ‘मोह’ बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी झालाई शुक्रबार कार्यसम्पादन समितिको वैठकबाट पार्टी महामन्त्री नियुक्त गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

अध्यक्ष ठाकुरकी छोरीको विवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो । वैठकको निर्णयअनुसार पछि संशोधन गर्ने प्रावधान राखेर महामन्त्री र सहमहामन्त्रीहरु चयन गरिएको प्रवक्ता विमल श्रीवास्तवले बताए ।

झासँगै महामन्त्रीमा विजय सिंह, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा सुरेन्द्र झा, असिममियाँ अन्सारी र राम प्रवेश वैठा थपिएका छन् ।