१३ कार्तिक २०८३, शुक्रबार

सरकारी वकिलहरूले नै बहसपैरवी बहिष्कार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गर्दै महानायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चार वटै ट्रेड युनियनले सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायपालिकामा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने निर्णय गरेका छन् ।

सरकारी वकिल तथा ट्रेड युनियनले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याएसम्म आइतबारदेखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

असहयोग आन्दोलन गर्ने विषयमा निर्णय लिन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नायव महान्यायाधिवक्ता, सहन्यायाधिवक्तासहित चारवटा कर्मचारी संगठनबीच शुक्रबार लामो छलफल भएको थियो ।

यद्यपि आन्दोलनको निर्णयमा महान्यायाधिवक्ता श्रेष्ठको हस्ताक्षर भने छैन । बैठकले न्यायपरिषद् र अदालतविरुद्ध परेका रिटउपर सरकारी वकिलद्वारा प्रतिरक्षा नहुने निर्णयसमेत गरेको छ ।

असहयोग आन्दोलन घोषणासहितको विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयअन्तर्गत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, विभागीय कार्यसमितिका अध्यक्ष गजराज घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रमेश भट्टराई, नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष भरतकुमार मैनाली र नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती विभागीय कार्यसमितिका अध्यक्ष टेकनाथ अधिकारीको हस्ताक्षर छ । बैठकमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव शान्तिप्रसाद लुइँटेलसमेत सहभागी थिए ।