काठमाडौं, ६ माघ । मधेसी दललाई पनि समेट्ने र राप्रपालाई थप मन्त्रालय दिने गरी मन्त्रिपरिषद् विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन प्रचण्डले विधेयकको खुलेर समर्थन नगरेका दलका नेतालाई मन्त्री बनाउन लागेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रचण्डले राप्रपा अध्यक्ष कमल थापालाई अघिल्लो सरकारमा पाएकै जिम्मेवारी दिने गरी र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव राखेका थिए ।
सुरुमा थापा र गच्छदारले प्रधानमन्त्रीलाई सकारात्मक जवाफ दिएका थिए । तर, बिहीबार हुने मन्त्रिपरिषद् विस्तारमा राप्रपा र फोरम लोकतान्त्रिक पार्टीका कुनै नेताहरू छैनन् । प्रधानमन्त्री दुवै दलसँग छलफलमै छन् ।
‘प्रधानमन्त्री मधेसकेन्द्रित दल र अन्य दलका तर्फबाट पनि सरकारमा सहभागी गराउने र सरकारलाई बलियो बनाएर निर्वाचनमा जाने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘छलफल अझै जारी छ ।’












प्रतिक्रिया