३ कार्तिक २०८३, मंगलबार

लक्ष्मी बैंकको नयाँ शाखा पुरानो बानेश्वरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज (बुधबार) काठमाडौँको पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यससंगै काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखा पुगेका छन् ।

यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६५, तीन विस्तार काउन्टर र ८१ ए।टि।एम। पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तिीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसायकर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ ।

जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापनकार्यमा ठूलो मद्दत पु¥याएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखाअनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदान गर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडि आएको छ ।

उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । बैंकले करिब ७०० कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ ।

सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो । आ.व. २०७२÷७३ मा ४८.१५ अरब निक्षेप र ४०.३६ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसका साथसाथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइलफोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदानगर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लिमिटेड’ सन् २००९ देखि संचालनमा रहेको छ । यसै गरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ को जुनमहिनाबाट कारोबार शुरु गरीहाल ४० वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालू फण्ड नामक म्यूचुअल फण्ड सेवाको समेत सफलता पूर्वक संचालन गरिसकेको छ ।