२८ आश्विन २०८३, बुधबार

दिल्लीमा सेनाकै बर्दीमा आतंकबादी देखिएपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । भारतमा सेनाकै बर्दीमा सात सन्दिग्ध आतंकवादी देखिएपछि दिल्ली एयरपोर्ट र मेट्रोमा सुरुक्षा व्यवस्था कडा पारिएको छ ।

इन्टेलिजेन्स ब्यूरोले दिएको सूचना अनुसार तीं सात आतंकवादीले कुनै प्रकारले सेनाको क्याप्टन र सुबेदार तहका अधिकारीको बर्दी पाउन सफल भएको छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार चकरी र गुरदासपुर सीमा चौकी नजिकै सात सन्दिग्ध आतंकवादी सेनाको बर्दीमा देखिएका थिए ।

आतंकबादीलई सेनाको बर्दी भारतमा घुसपैठ भएपछि नै मिलेको हुन सक्ने अनुमान गरिएको छ । आतंकबादीको योजनामा दिल्लीमा हमला हुन सक्छ ।

त्यसकारण एयरपोर्ट र मेट्रो स्टेशनसंगै पन्जाबमा चुनावको लागि सुरक्षार्थ खटिएका प्रहरीलाई पनि अलर्ट गरिएको छ ।

एयरपोर्टमा धेरै मात्रामा आवत जावत गर्ने यात्रीहरुलाई पनि असुविधाको सामाना गर्नुपरेको छ । पैरा मिलिट्री फोर्स सीआईएसएफका एक अधिकारीले भनेका छन्– ‘गणतन्त्र दिवसलाई मध्यनगर गरेर हामीले सुरक्षा व्यवस्था कडा परेका छौं । एयरपोर्टमा यात्रीलाई अब दुई अतिरिक्त सुरक्षास्तर हुँदै जानुपर्ने छ । जबकी मेट्रोमा एक अतिरिक्त सुरक्षास्तरबाट हुँदै जानुपर्ने छ ।