२ कार्तिक २०८३, सोमबार

गाडीको डिग्गीमा लुकेर कसलाई भेट्न जान्छन् शाहरुख खान ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका बादशाह हुन् अभिनेता शाहरुख खान । उनका वर्षमा एक न एक वा त्यो भन्दा बढी फिल्म हिट हुनेगर्छन् । व्यापार पनि राम्रै गर्छन् ।

उनी फिल्मी लाइनमा लागेको २५ वर्ष पुग्यो । उमेरले ५० कटिसकेका छन् । यस वर्षको सुरुवातमै उनको फिल्म ‘रईस’ २५ जनवरीदेखि संसारभर प्रदर्शन हुँदैछ ।

यसैक्रममा शाहरुखसँग बीबीसीले विशेष कुराकानी गरेको छ । जसमा उनको गोप्य कुराको खुलासा भएको छ । १० औं गाडीका मालिक शाहरुख डिग्गीमा बसेर हिड्छन् भन्दा अचम्म लाग्ने कुरा हो । तर, उनी स्टार बनेपछि वर्षाैदेखि डिग्गीमा बसेर यात्रा गर्ने गरेको खुलासा स्वयंले गरेका हुन् ।

किन बस्छन् गाडीको डिग्गीमा ?

गाडीको डिग्गीमा सामान र मानिस दुबै जानसक्छन् । बलिउड बादशाह शाहरुख खानसँग गाडीहरु त धेरै छन् तर आफ्ना फ्यानबाट बच्नका लागि उनी गाडीको डिग्गीमा बस्दा रहेछन् ।

बीबीसीसँग विशेष कुराकानीमा शाहरुखले भनेका छन्– ‘यदि म एक्लै कुनै दोस्तसँग भेट्न जाँदैछु भने त्यो बेला या त टाउकोमा हुड लगाउँछु वा गाडीको डिग्गीमा बसिहाल्छु । मेरो साइज नै यस्तो छ कि म डिग्गीमा फिट भइहाल्छु ।’