२ कार्तिक २०८३, सोमबार

सलमान खानले आफ्नो उमेर लुकाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलिउडका दबंग खान सलमान खानले केही दिन पहिले अफ्नो ५१ औं जन्मदिन मनाएका थिए । तर, अहिले खुलासा भएको छ कि उनले आफ्नो उमेर लुकाएका रहेछन् । अहिले भोटर आई–कार्डबाट उनको उमेर खुलेको छ ।

सलमान खानको भोटर आईडीका फोटो इन्टरनेटमा तिब्र गतिमा भाइरल भइरहेको छ । यस भोटर आईडीमा सलमानको फोटोका साथै उनको पिताको नाम पनि लेखिएको छ । साथै उनको उमेर ५१ नभई ६४ वर्ष लेखिएको छ ।

तर, यो भोटर आईडीमा गल्ती भएको पनि हुन सक्छ । आईडी ग्रेटर हैदराबाद म्यूनिसिपल कर्पोरेशन चुनाका बेला २०१६ मा बनाइएको थियो । यो एक मुद्दा बनेको छ । यस्तो मुद्दा प्राय मिडियामा छाइहाल्छ ।

सलमान खानलाई भारतका सबैले चिन्छन् । उनको यो भोटर कार्ड मामला बाहिर आउनु कमालको विषय बनेको छ । देशमा सलमान खान नाम गरेका कोही व्यक्ति भएपनि नामसंगै फोटो पनि हुनुले यो विषयलाई बढावा दिएको छ ।

सलमान खानले यस विषयमा कुनै प्रतिक्रिया दिउका छैनन् । उनी अहिले ’ट्यूबलाइट’ फिल्मको सुटिङ्गमा व्यस्त छन् । एक जापानी हिरोइन झूझूका साथ उनी देखिने छन् ।