काठमाडौं, ३ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका नायब महाप्रबन्धक बन्दना पाठक कायममुकायम महा–प्रबन्धकमा नियुक्त हुनुभएको छ ।
बैंकले पुस १५ देखि लागु हुने पाठकलाई नियुक्त गरेको र उक्त मिति देखिनै लागु हुने गरी उहाँले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार समेत सम्हाल्नु भएको छ ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएकी पाठकले बैकिङ्ग करियर १९९४ मा नेपाल बंगलादेश बैंकबाट शुरु गर्नु भएको हो । बैंकिङ्ग क्षेत्रका एक अनुभवी एवं कुशल व्यक्तित्वको रुपमा परिचित पाठकले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश गर्नु भएको थियो ।
सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्नु हुने सम्भवतः पहिलो महिला हुनुहुन्छ ।
















प्रतिक्रिया