२ कार्तिक २०८३, सोमबार

कम्मर नाप्ने र हिमाल हल्लाउने गीत (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दिन प्रतिदिन बजारमा नयाँ गीत आइरहेको बेला पृथक धारको एल्वम ‘श्रृंगार’ले नेपाली गीत संगीतको पारखीहरुलाई आकर्षण गरेको छ ।

एल्वम सार्वजनिक भएसंगै हिमाल हल्लाउन सक्छु र तिम्रो कम्मर कति छ मैया बोलको गीतले चर्चा बटुल्न थालेको हो । तिम्रो कम्मरलाई पछिल्लो समय चर्चामा रहेका गायक थानेश्वर गौतम र अमेरिकालाई कर्मथलो बनाउँदै आएका सुवास पुरीको गाएका छन् भने प्रभाको शव्द रहेको हिमाल हल्लाउन सक्छुलाई सुवास र सरु गौतम संयुक्त रुपमा गाएका छन् ।

लामो समय अमेरिकामा रहदै आएका सुवासले ६ गीत समाबेश गरेर उक्त एल्बम बजारमा ल्याएका हुन् । सानैदेखि गीत/संगीतमा रुची राख्ने तर, बाध्यताले विदेशीएका सुवासले सार्वजनिक गरेको श्रृंगारमा म आउछु, ए डल्ली, म त हिड्छु र जाली रुमाल बोलको गीतमा स्वर दिएका छन् । यतिसम्मकी सुवासले नेपालमा रहेका थानेश्वरसँग अनलाइनबाटै नियमित भोकल क्लास लिइरहेका छन् । एल्बममा थानेश्वरको एकल संगीत रहेको छ ।

तिम्रो कम्मर र हिमाल हल्लाउन सक्छुको बजारमा चर्चा हुन थालेपछि आफुहरुले उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण गरेको सुवासले जानकारी दिए । उक्त भिडियोमा वर्ष शिवाकोटी, बेनीशा हमाल, गम्भीर विष्ट र निराजन प्रधानले मोलिङ गरेका छन् ।

भिडियो: