२८ आश्विन २०८३, बुधबार

चीनले पाकिस्तानलाई दियो अत्याधुनिक हतियार जडान गरिएका जहाज

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २ माघ । चीनले पाकिस्तानको नौ सेनालाई ग्वादरको बन्दगाह र चिनियाँ पाकिस्तानी आर्थिक करिडोरको सुरक्षाका लागि दुईवटा सैन्य जहाज दिएको छ ।

चीनमा निर्मित ती जहाजमा अत्याधुनिक बन्दुकहरु जडान गरिएको बीबीसीले जनाएको छ ।

त्यसलाई एैतिहासिक क्षण भन्दै पाकिस्तानका तर्फबाट कमाण्डर एैफुल्ला हुसेनीले ती जहाज ग्रहण गरेका थिए ।

पाकिस्तान र चीन मिलेर पश्चिमी चीनलाई बदर बन्दरगाहसम्म जोड्ने विभिन्न भौतिक संरचनाका परियोजनामा काम गरिरहेका छन् । त्यो कदमले चीनका उत्पादनहरु मध्यपूर्व र अफ्रिका पुर्याउने नयाँ मार्गहरु खोल्नेछ ।

चीनले पाकिस्तानलाई सैन्य जहाज दिएपछि भारतले भने चिन्ता व्यक्त गरेको छ ।