३ कार्तिक २०८३, मंगलबार

प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति, लक्ष्मी बैंकको नामबाट एकीकृत कारोबार शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २ माघ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त संस्था लक्ष्मी बैंक लिमिटेडले ‘ख’ वर्गको इजाजतपत्रप्राप्त संस्था प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी आज (आइतबार) पहिलो कार्य दिनबाट लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ गरिएको छ ।

प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपाल्चोकमा चौतारा, भरतपुर- चितवनमा हाकीमचोक र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा रहेको छ ।

बैकंको कुल संजाल अब ६४ वटा शाखा, २ विस्तार काउन्टर अनि ८० एटिएम पुगेको छ भने केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार, काठमाडौं नै कायम रहनेछ ।

यी थप शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।