काठमाडौं, २ माघ । काठमाडौ विश्वविद्यालयमा पौष ८ गते भएको विद्यार्थी कल्याण परिषदको निर्वाचनबाट कक्षा प्रतिनीधि छनौट पछि पदाधिकारीको निर्वाचन नभएको र उपकुलपति नियुक्ती लामो समय सम्म नभएको भन्दै अनेरास्ववियुले आन्दोलन थालेको छ ।
अनेरास्ववियुले केयुमा पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको घोषणा गरेको हो । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले राजनीतिक हस्ताक्षेपका कारण शैक्षिक क्षेत्र तहसनहस भएको र केयुको उपकुलपति समेत १ महिना भन्दा बढि हुदा पनि सरकारले नियुक्त गर्न नसकेकाले आन्दोलन गर्ने बताइन् । विद्यार्थी कल्याण परिषद्को समेत कक्षाबाट छनौट भएका प्रतिनीधिहरुको पदाधिकारी निर्माण गर्न काठमाडौ विश्वविद्यालयले आनाकानी गर्दै लत्ताउन खोजेकाले विश्वविद्यालय प्रशासनलाई २४ घण्टा भित्र निर्वाचन घोषण गर्न लामाले माग राखिन ।
अनेरास्ववियुले २४ घण्टा भित्र कल्याण परिषदको घोषणा गरिनुपर्ने, उपकुलपतिमा तत्काल प्रागिक व्यक्तिलाइ चयन गर्नु पर्ने र केयुमा राजनीतिक दलको चलखेल अबिलम्ब बन्द गर्नु पर्ने माग राखेको छ । माग सम्बोधन नभए भोलिबाट विश्वविद्यालय बन्द गरिने अखिलले जनाएको छ ।
पुस ८ गते भएको विद्यार्थी कक्षा प्रतिनीधिको निर्वाचनमा ७५ मध्ये ४२ वटा सिट जितेको अखिलको दावी छ । कक्षा प्रतिनीधिको छनौट पछि विश्वविद्यालयमा विभिन्न विद्यार्थी सगठनहरुले पटक पटक बन्द गर्दै आएका छन् ।












प्रतिक्रिया