४ मंसिर २०८३, शुक्रबार

एमालेको क्लास लिँदै शान्ता चौधरी! (फोटो फिचर)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेकपा एमालेले सञ्चालनमा ल्याएको स्कूलको क्लासमा पूर्व सांसद शान्ता चौधरी पनि देखिएकी छन् ।

स्कूलमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको नेतृत्व तहका लागि आजबाट सुरु भएको नेतृत्व विकासका लागि प्रशिक्षक पशिक्षण कार्यक्रममा शान्ता देखिएकी हुन् । उनका साथै एमाले सचिव पृथ्वीसुब्बा गुरुङ लगायत अन्य नेताहरुले पनि क्लास लिएका छन् ।

स्कूल विभाग प्रमुख शंकर पोखरेलका अनुसार प्रशिक्षणको सुरुवात प्रशिक्षण सिप र कलावाट भएको थियो । आजबाट सुरु भएको प्रशिक्षणमा प्रशिक्षण सिप कलाका बारेमा घनश्याम कोइराला, राजनीतिक अर्थशास्त्रका बारेमा डा विजय पौडेल र समृद्धिका लागि नीति कार्यक्रम र बजेटका बारेमा डा. दिनेश देवकोटाको प्रस्तुति रहेको छ ।

प्रशिक्षणमा महासंघका अगुवा सदस्य तथा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको नेता पोखरेलले जानकारी दिए ।