मुम्बई । भारतमा साउथ इन्डियन फिल्मको एक टिकट किन्नका लागि गोपी चन्दले एक लाख रुपैयाँ खर्च गरेका छन् ।
बलिउड सेलेब्रिटीजका लागि मानिसहरु कहाँसम्मको काम गर्न सक्छन् भन्ने यसले देखाएको छ । अहिलेसम्म कुनै फिल्मको टिकट एक हजारदेखि दुई हजारसम्म विक्री भएको हामीले देखे सुनेका छौं । तर, विहिबार रिलिज भएको तमिल फिल्मका मेगा स्टार बालाकृष्णको फिल्म ‘गौतमीपुत्र शतकर्णी’को एकै टिकट एक लाखमा विक्री भयो ।
गोपीचंद बालाकृष्णका ठूला फ्यान हुन् । यसै कारण उनले सो फिल्मको एक टिकट एक लाख रुपैयाँमा खरिद गरेका हुन् ।
उनी पछिल्लो एक वर्षदेखि सो फिल्म रिलिजको प्रतिक्षामा बसेका थिए । यसै फिल्मका लागि उनले आफ्नो फजुल खर्चमा समेत कमी गरेका थिए । यति मात्रै नभई उनले विभिन्न पार्टीहरुमा समेत जान बन्द गरेका थिए । उनले यो सबै बालाकृष्णको फिल्म हेर्नकै लागि मात्रै गरेका होइनन् ।

साउथका यीं मेगास्टार क्यान्सर विरामीको मदतका लागि बालकृष्ण इन्डो–अमेरिकन क्यान्सर अस्पताल सञ्चालन गर्छन् ।यसै कारण गोपीचन्दले इन्नमुरीले बालकृष्णको सह्रानीय काममा मदत गर्नकै लागि एक लाख रुपैयाँ फिल्मको टिकट खरिद गरेका हुन् ।















प्रतिक्रिया