काठमाडौं, २ माघ । भारतको हिमाञ्चलमा हिउँमा मस्ती गर्दा एनआइटी हमिपुरमा एमबिएमा अध्ययनरत दुई छात्रको ज्यान गएको छ । ७ फीटसम्म जमेको हिउँको बीचमा उनीहरुको शव फेला परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शबलाई निकाल्न रेक्यू टीमलाई पनि निकै समस्या भएको छ । शव देख्दा उद्दारकर्ता पनि डराएका थिए ।
धेरै दिनसम्म हराएकी छात्राको आधा शरीर मात्रै भेटिएको छ । हिउँमा भेटिएका दुई छात्रहरुमध्ये एकको आधा शरीर जनावरले खाइसकेको जनाइएको छ ।
दुबै जनाको शब मण्डीका शिकारी देवी मन्दिरको नजिकै भेटिएको थियो । छात्र अक्षयको क्षतविक्षत शव देखेर रेस्क्यू टीम पनि डराएको थियो । त्यसको केही पर अर्को छात्रको शव फेला परेको थियो ।
शुक्रवार नै उनीहरुको शव निकालिएको थियो । नेशनल इंन्टिच्युट अफ टेक्नोली संस्थान हमीरपुरमा एमबीए द्वितीय वर्षमा पढ्दै गरेका बरमाणाका नवनीत राणा र सुजानपुर टिहराका अक्षय कुमार 6 जनवरीमा जंजैहलीबाट शिकारी देवी गएका थिए । उनको अन्तिम कुराकानी आफ्नो साथीहरुसंग भएको थियो ।















प्रतिक्रिया