४ मंसिर २०८३, शुक्रबार

सरकार आउँदो जेठमा निर्वाचन गर्ने तयारीमाः सञ्चारमन्त्री कार्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराउनुभयो ।

मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उहाँले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पार्नुभयो । स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताउनुभयो ।

उहाँले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गर्नुभयो । रासस